गजुरीले जित्यो धादिङ जिल्ला स्तरीय टि–२० क्रिकेटको उपाधी 

धादिङ जिल्ला स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधी गजुरी सामुदायीक विकास समाजले जितेको छ।धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक ११ गते देखि जारी टी–२० क्रिकेट प्रतियोगितामा आजको फाईन खेलमा त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै गजुरी सामुदायीक विकास समाजले उपाधी जितेको हो ।

No description available.

टस जितेर ब्याटिङका लागि आएको गजुरीले २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ११० रन जोडेको थियो । गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौकाको मद्दतले २८ रन जोडे। सुरेन्द्र मगरले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडे । गजुरीका ६ ब्याटरले भने रन आउट मार्फत आफ्नो विकेट गुमाएका थिए ।

No description available.

त्रिपुरासुन्दरीका अनिल अधिकारीले ४ ओभरमा १७ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिए । अनिलले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी उज्वलको विकेट पनि हात पारे । श्रीकृष्ण र उदय थापाले भने सम्मान १÷१ विकेट हात पारे । जवाफी ब्याटिङ गर्न गरेको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८९ रनमा सिमित बन्यो । १४ ओभरमा ६२ रन जोड्दै मात्र ५ विकेट गुमाएर खेलमा रहेको त्रिपुरासुन्दरीले उदय थापालाई २१ रनमा गुमाउँदा खेल पनि गुमाउन पुग्यो । उदय थापाले २५ बलमा २१ रन जोडे ।

गजुरीका सानु घलेले ३ विकेट लिए । प्रदीप गिरी र सक्षम खरेलले सम्मान २÷२ विकेट लिए । खेलको म्यान अफ द म्याच घोषित हुँदै सानु घले नगद ५ हजार सहित ट्रफी हात पारे । प्रतियोगिताको उत्कृष्ट ब्याटर अमृत थापा घोषित हुँदै नगद ५ हजार सहित ट्रफी हात पारे । म्यान अफ द सिरिज र उत्कृष्ट बलर उज्वल थापा दुई विधाको १५ हजार हात पार्दै आकर्षक ट्रफी जिते । प्रतियोगिताको उदयमान खेलाडी गजुरीका सक्षम खरेल ले ५ हजार सहित ट्रफी जिते ।

No description available.​बिजेता गजुरीले नगद १ लाख सहित ट्रफी, मेडल सहित प्रमाणपत्र प्राप्त गर्यो।त्यस्तै उप–बिजेता बनेको त्रिपुरासुन्दरी क्रिकेट टिमले नगद रु ५० हजार,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।प्रतियोगिता समापन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले पुरस्कार वितरण गर्दै आफु खेलकुद विकासमा संधै लागि रहने प्रतिवद्धता जनाउनुभएको छ।यस्तै प्रथम पुरस्कार गजुरीलाई हस्तान्तरण गर्दै अन्तराष्ट्रिय धादिङ समाजका उपाध्यक्षद्वय दिनेश तामाङ र काशी दनैले समाज धादिङमा हुने हरेक सामाजिक कार्यमा हातेमालो गर्न तयार रहेको बताउनुभएको छ।

No description available.

प्रतियोगिताको लागि नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका र टोयोटा कम्पनीले २–२ लाख, प्रथम पुरस्कारको लागि ब्राण्डिङ पाट्नर अन्तराष्ट्रिय समाज धादिङले १ लाख तथा अन्य व्यक्ति एवम् संस्थाहरुले समेत आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटामा रहेको चन्द्रोदय मा.विको खेलमैदानमा भएको प्रतियोगितामा जिल्लाका १४ टिमको सहभागिता रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्