“प्रथम महाभिर चुली कप“ फुटबल प्रतियोगिताको उपाधी डि.एफ.सि. धादिङले जित्यो

नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जे बजारमा सम्पन्न “प्रथम महाभिर चुली कप”फुटबल प्रतियोगिताको उपाधि डि.एफ.सि.धादिङले जितेको छ।आज कटुन्जे बजार खेलमैदानमा सम्पन्न फाईनल खेलमा छोईलिङ्ग युवा क्लबलाई १–० गोलले पराजित गर्दै डि.एफ.सि.धादिङ्गले उपाधी जितेको आयोजक कटुन्जे बाराही युवा क्लबका अध्यक्ष नारायण शाक्यले जानकारी दिनुभयो । 

No description available.

प्रतियोगिताको बिजेता बने संगै डि.एफ.सि.धादिङ्गले नगद पचास हजार ५०५ रुपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको छोईलिङ्ग युवा क्लबले नगद तिस हजार ३०३ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।त्यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडी डि.एफ.सि. का ह्यान्ड्री तामाङ्ग बन्न सफल भए भने उत्कृष्ट गोलकिपर बुद्दीमान तामाङ्ग बन्न सफल भए। 

No description available.​प्रतियोगिताको उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको साथै बिजेता र उपबिजेता टिमका टिम कोचहरुलाई समेत मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको कटुन्जे बाराही युवा क्लबका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । 
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्य हुनुहुन्थ्यो भने विशेष अतिथी गाउँपालिकाका उपाध्यक्ष उर्मिला तामाङ्ग हुनुहुन्थ्यो ।

No description available.

‘खेलाडी राष्ट्रको गहना– खेलाडी बनाउने हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ कटुन्जे बाराही युवा क्लबको आयोजनामा कात्तिक १६ गतेदेखी सुरु भएको प्रतियोगितामा जिल्लाका २७ टिमको सहभागिता रहेको थियो।प्रतियोगिताको अनलाईन मिडिया पार्टनरहरुमा भिजन न्युज नेपाल–काठमाण्डौ, धादिङ संचार र मैनबत्ती डटकम–धादिङ तथा रेडियो पार्टनरमा निलकण्ठ एफ.एम.९८.५ मेगाहर्ज धादिङ रहेको थियो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्