तिहारमा १५ करोड २० लाख रुपैयाँको माला बिक्री

यस वर्षको तिहार पर्वमा १५ करोड २० लाख रुपैयाँ बराबरको माला बिक्री भएको छ ।तिहारमा नेपालमै उत्पादन भएका १५ करोड २० लाख ७५ हजार रुपैयाँको माला बिक्री भएको फ्लोरिकल्चर एसोसिएशन अफ नेपालले जनाएको छ।यसमध्ये सयपत्री फूलका १८ लाख १५ हजार वटा माला १२ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन्। 

यस्तै मखमलीका तीन लाख पाँच हजार माला एक करोड ६७ लाख रुपैयाँमा, गोदावरी फूलका १५ हजार माला ५२ लाख रुपैयाँमा र मखमलीका एक लाख वटा माला ३० लाख रुपैयाँमा नेपाल बाहिर निर्यात भएका छन् ।

अघिल्लो वर्षको तिहारमा झन्डै १६ लाख वटा मालाको मात्रै कारोबार भएकोमा यो वर्ष २१ लाख ३५ हजार वटा मालाको कारोबार भएको तथ्याङ्क प्राप्त भएको फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ । सयपत्री फूलको प्रति माला ६० देखि ८० रुपैयाँसम्म र मखमली फूलको प्रति माला ४० देखि ७० रुपैयाँसम्म बजारमा कारोबार भएको पाइएको छ ।

मौसम प्रतिकूलताका कारण उत्पादनमा कमी आएकाले सयपत्री फूलको मालाको ८५ प्रतिशत माग नेपालमै उत्पादित फूलले परिपूर्ति भएको र १५ प्रतिशत आयात भएको एसोसिएशनले जनाएको छ ।भारतीय मालाका कारण १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पुष्प उत्पादक व्यवसायीहरूको गुनासो रहेको छ ।आयातित फूलका कारण नेपाली उत्पादनले बजार नपाउँदा हतोत्साही भइ यसमा लागेका व्यवसायीहरू पलायन हुने हो कि भन्ने चिन्तासमेत बढ्न गएको एसोसिएशनले जनाएको छ । फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्