कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कँडेलसँग असोज महिनाको अन्तिम हप्ता र कात्तिक महिनाको पहिलो हप्ता अस्वभाविक रुपमा भएको भारी वर्षाका कारण जिल्लामा भएको समग्र धान बालीको क्षती,किसानहरुलाई राहत लगाएतको बिषयमा सानुबाबु तिमिल्सिनाले गर्नुभएको कुराकानीको अस्मिता पोखरेलद्धारा सम्पादित अंश सम्पादित अंशः
१. कृषि ज्ञान केन्द्रले जिल्लामा भएको समग्र धान बालीको क्षतीलाई आँकलन गरीरहेको छ ?
असोज महिनाको अन्तिम हप्ता र कात्तिक महिनाको पहिलो हप्ता अस्वभाविक रुपमा भारी वर्षा भएको हुनाले भित्राउन थालेको धान बालीमा केही क्षतीहरु भयो। क्षतिको विवरण संकलन गर्ने काममा वर्षा लगत्तै सुरु गर्यौँ र हामीलाई धेरै विवरणहरु प्राप्त भइसकेको छ । यसले क्षति हुने किसानहरुलाई मर्का पारेको छ जसले धान काट्नु भएको थियो त्यस्तो खालको धानमा अलि बढि नै क्षति भयो, लामो समय सम्म खेतमा भिज्यो,सँगसँगै हावाहुरी पनि आएको हुनाले अग्लो जातको धानहरु र डाँडामा पर्ने खेतहरुको धान लड्यो सम्रगमा किसानहरुलाई काँही न काँही दुख महसुस हुने वातावरण बनाएको छ ।
हामीले संकलन गरेको धादिङ जिल्लाको १३ वटै स्थानिय तहहरुबाट एकदम मेहनत गर्यौँ । सबै स्थानिय तहका साथीहरुलाई, कृषि प्राविधिक, प्रमुख प्रशासकिय अधिकृत ज्युहरु, जनप्रतिनिधि ज्युहरु सबैलाई अनुरोध गरेर विवरणहरु संकलन गर्ने काम गर्यौ । हामी प्रदेश सरकारको एउटा कृषिको निकाय हो । बागमती प्रदेश सरकारले यसमा तदारुकत्ता देखायो ।
हामीले विवरणहरु संकलन गर्ने कार्यहरु गर्ने शिलशिलामा धादिङ जिल्लाको ८ वटा स्थानिय तहबाट विवरणहरु प्राप्त भइसकेको छ र त्यस विवरणलाई एकमुष्ट बनाएर संकलन गरेर विभन्न ठाउँमा पठाउने काम भएको र हामीले जिल्ला प्रशासन कार्यालयमा पनि पठाइसकेका छौँ र संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि त्यसको विवरण पठाइसकेका छौ भने प्रदेश सरकारलाई पनि भइसकेको छ । हामीले संकलन गरेको विवरण अनुसार जसले धान काटिसक्नु भएको थियो, जसको धान भिजेको थियो उहाँहरुलाई फोकस गरेर गरेका छौँ । ढलेकोमा पनि क्षति त भएको छ ।
८ वटा स्थानिय तहबाट ५ सय ४२ जना कृषकहरुको धान बाली क्षेति भएको देखिन्छ । उहाँहरुको समग्रमा २६ सय ३५ रोपनी लगभग १३१ दशमलब ७५ हेक्टर क्षेत्रफलमा धादिङ जिल्लामा बेमौसमको अत्याधिक वर्षाले क्षति पुराएको अवस्था छ । धुनिवेशी नगरपालिका, थाक्रे गाउँपालिका, बेनिघाट रोराङ, खनियाबास र रुवीभ्याली गाउँपालिकाबाट विवरण प्राप्त भएन । उत्तरी पालिकाहरुमा तुलनात्मक रुपमा धान लगाउने जमिन पनि कमै छ र क्षति नभएको पनि हुन सक्छ ।
गल्छी गाउँपालिकाबाट २५ जना किसानहरुको ८८ रोपनीमा क्षति भएको विवरण प्राप्त भएको छ । गजुरी गाउँपालिकाबाट १९ जना कृषकको ११७ रोपनीमा क्षति भएको विवरण प्राप्त भएको छ भने सिद्धलेक गाउँपालिकाबाट ३७ जनाको १२९ रापनी छ त्यसैगरी नीलकण्ठ नगरपालिकाबाट ५७ रोपनी जसको धान काटिसक्नुभएको थियो उहाँहरु १२ जना कृषहरुको आएको छ । सबै भन्दा बढि ज्वालामुखी गाउँपालिकाबाट विवरण प्राप्त भएको छ १ सय ८० जना कृषकहरुको ९८७ रोपनीमा र नेत्रावती डबजोङ गाउँपालिकाबाट ५४ जना कृषकको ३७१ रोपनी र दोस्रो बढि क्षति भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिकाबाट २ सय कृषकहरुको ८१२ रोपनी विवरण प्राप्त भएको छ भने गंगाजमुना गाउँपालिकाबाट १५ जना कृषकहरुको ७३ रोपनीमा उहाँहरुको काटिसक्नु भएको धानमा क्षति पुगेको विवरण प्राप्त भएको छ । प्रदेश सरकारले जसको धान कटानी गरेर पानीमा भिजेको छ त्यसको विवरणलाई प्राथमिकतामा राखेर संकलन गर्नु भन्ने किसिमको परिपत्र भएको हुनाले अलि बढि फोकस गरेका छौँ । हाम्रो धादिङमा १३ हजार ६ सय हेक्टरमा धान खेती हुन्छ ।
२० रोपनीमा ३७० केजी औषध उत्पादन हो भन्ने आधारमा हामीले मुल्याङकन गरेका छौँ । कुनै ठाउँमा ६०/७० प्रतिशत क्षति भएको छ भने कुनै ठाउँमा २०/३० प्रतिशत क्षति भएको भन्ने आधारमा हामीले औषत ५० प्रतिशत क्षति भएको मानेर गर्दा धादिङ जिल्लाले धानमा अहिलेको मुल्य अनुसार ८३ लाख २६ हजार बराबरको क्षति बेहोरेको देखिन्छ ।
२. पछि पाक्ने धान जस्तै मसिनो धान जुन अग्लो जान्छ काट्ने बेला भइसकेको थिएन, त्यो धानहरु ढलेको पनि छ र ढलेको छैन भने यो बेलामा परेको पानीले के क्षति गर्छ होला के नोक्सान गर्छ होला ?
पहाडी भेगमा जमिन भिरालो हुने हुनाले हामीले खेतको आलि काट्यौँ र पानी जमेको ठाउँ निकास गदियौँ भने केही हदसम्म पराल नोक्सान हुने हुन्छ होइन भने हावाहुरीले ढलाइ हालेको अवस्थामा काटेर निम सुकाको जस्तो त्यो स्तरको क्षति हुँदैन ।
तराईको अवस्थामा हुन्थ्यो भने पानी जमेर त्यही ढलाएको धानको समस्या हुन सक्थ्यो तर हाम्रो धादिङ जिल्लामा पहाडि भेग भएको हुनाले आलि काटेर जमेको पानी निकास गर्दा नकाटेको धान छ भने उठ्न सक्ने सम्भावना हुन्छ । क्षति त हुन्छ तर ठुलो स्तरको क्षति हुँदैन ।
३. हामीले किसानहरुलाई राहत दिने कार्यक्रम छ कि छैन ? सरकारले के तयारी गरीरहेको छ ?
प्रदेश सरकारले केही चासो राखेको हामीलाई महसुस भएको छ र संघीय सरकारले पनि उत्तिकै चासो राखेको छ। औपचारिक रुपमा राहतका कार्यक्रम, क्षतिपुर्तीका कुराहरु आइपुगेको छैन । तीन वटा सरकारले सायद यसमा गम्भिरतापुर्वक सोच्नुहुन्छ।
४.किसानहरुले अहिले धान काटिरहनु भएको छ, काट्ने तयारीमा हुनुहुन्छ उहाँहरुले कसरी त्यसलाई व्यवस्थापन गर्नुभयो भने अब हुने जोखिम न्युनिकरणलाई सहयोग पुग्ला, क्षति कम गर्न सकिएला ?
अहिलेको जुन मौसम पुर्वानुमान छ त्यसलाई यहाँहरुले सुचनाका रुपमा सुन्दिने, बुझ्दिने गर्नुपर्यो । पुर्व सावधानि अपनाउन सहज हुन्छ धान काटेर पानी पर्ने सम्भावना छ भने तुरुन्तै धान झारेर दाना र पराल छुटाउने काम गर्नुप¥यो। अथवा ओभानो ठाउँमा लगेर सुकाउन प¥यो र खेतमा पानी जम्ने, ताल पर्ने अवस्था छ भने तुरुन्त काटेर फाल्न प¥यो।
अथवा लगत्तै घाम लाइसक्यो भने त्यसलाई पल्टाउने,सुकाउने ग¥यो भने त्यति समस्या हुँदैन। धान भिझिसक्यो भने त्यो भिझेको धान अर्को वर्षको लागि बिउको रुपमा प्रयोग गर्नु भएन त्यो बिउको लागि उपयुक्त हुँदैन। यो कुराहरुमा बिचार गर्दिनु भयो भने धेरै जोगिन्छ।
५.किसानहरुले मंसिरमा झारेको धान सिधै भकारीमा हाल्ने चलन छ,त्यसरी राख्दा कत्तिको सुरक्षित हुन्छ ?
हामीले भण्डारणमा पनि ध्यान पु¥याउन जरुरी छ। सुरुमा त धान राम्रो सँग सुकाउनै पर्छ पहिला गाउँ घरको चलनमा बिस्कुन सुकाएपछि दानाहरु टोक्ने टोक्दा कटक्क आवज आएर टोकियो भने राम्रोसँग सुकेको मान्ने चलन थियो त्यसरी हेर्न सकिन्छ, अर्को राम्रोसँग सफा गरेको हुनुपर्यो, भकारीमा राख्दा भकारी बन्द भएको प्वाल नभएको, टालेको हुनुपर्यो, लामो समय भकारीमा राख्ने हो भने भकारीमा राख्दा घुन पुतलीहरुले समस्या पारेको हुन्छ त्यस्तोमा सेल्फोस चक्की पाइन्छ त्यसलाई कपडाले बेरेर लगभग दुई मुरी जतिमा एउटा ट्याबलेट राख्ने तर त्यसलाई मेलमा अथवा कुटाउन लैजाने हो भने राम्रो सँग सुकाएर त्यसको गन्धले पनि मान्छेलाई असर गर्न सक्छ । लामो समय भण्डारण गर्ने हो भने मात्र गर्ने तर सुरुमा राम्रोसँग सफा गर्ने, सुकाउने गर्यो भने सुरक्षित भण्डारण हुन्छ ।
६. धान भण्डारणको बेला पनि भयो, यहाँले किसानहरुलाई दिनै पर्ने सन्देश के छ?
हामीले मौसमको पुर्वानुमान गर्ने त्यो अनुसार काट्ने, झाट्ने, भित्राउने, थन्काउने, सफा गर्ने, राम्रोसँग सुकाउने गर्यो भने क्षति कम हुन्छ। कृषि पेशा अलि जोखिमयुक्त पेशा हो अहिलेको प्रविधियुक्त समयमा सुचनाहरुलाई राम्रोसँग हेर्ने, बुझने, सोध्ने गर्नुभयो भने हुने क्षतिहरुबाट न्युनिकरण गर्न सकिन्छ।