मौसम बदली कहिले हट्छ ?

तीन दिनयता धादिङ सहित देशभर घमाइलो घाम लाग्न सकेको छैन। अबर सागरमा बनेको निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेको हो । यसले चिसो मात्र बढाएको छैन, प्रदूषण पनि बढाएको छ। छिटपुटबाहेक पानी पनि पर्न सकेको छैन।

निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिन्छ, भोलिबाट मौसममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। उहाँले भन्नुभयो,फेरि अर्काे सिस्टम नआउला भन्न सकिँदैन।’ हिउँदयाममा बदली, तुवाँलोको समस्या बढ्दै जाने छ।

’प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ। पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,’ उहाँले भन्नुभयो ’ तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ।’

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ ।दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्