धादिङमा १० औँ न्यु त्रिपुरासुन्दरी कप नाईन ए साईड फुटबल प्रतियोगिता हुने

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६,हाँसेपसल बगरमा १० औ न्यु त्रिपुरासुन्दरी कप नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ। न्यू त्रिपुरासुन्दरी युबा क्लबको आयोजनामा त्रिपुरासुन्दरीमाई न्वागि मेलाको विशेष अवसर पारि मंसिर १७ गतेदेखी फुटबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम हुने भएको हो।प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १११ रूपैया र उपविजेताले ५५ हजार ५५५ रूपैया प्राप्त गर्ने आयोजकले जनाएको छ।

फुटबल प्रतियोगितामा सहभागी हुन ईच्छुक क्लबहरुले ९ जना नियमित र ३ जना बैकल्पिक गरि जम्मा १२ जना खेलाडी सहित मंसिर १६ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने छ। टिम दर्ता गर्दा शुल्क रु १० हजार तोकिएको क्लबका अध्यक्ष दिपेन्द्र शाहले जानकारी दिनुभयो ।साथै टिम दर्ता गर्दा हरेक खेलाडीको परिचय खुल्ने परिचयपत्रको फोटोकपि र १ प्रति फोटो समेत अनिवार्य उपलब्ध गराउनुपर्ने शाहले बताउनुभयो ।प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम भने मंसिर २० गते हुने आयोजकले जानकारी दिएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्