नेपाली काँग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा बौद्धिक नेता डा.प्रताप छतकुलीको उम्मेद्वारी

धादिङ ५ मंसिर 
नेपाली काँग्रेस क्षेत्र नम्बर २ को केन्द्रिय महाधिवेशन प्रतिनिधिको खुल्ला तर्फ डा.प्रताप छतकुलीले उम्मेद्वारी घोषणा गर्नुभएको छ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको लागि बौद्धिक तथा सामाजिक व्यक्ति र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा काम गरिसक्नु भएका डा.प्रताप छत्कुलीले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गर्नुभएको हो। 


मंसिर ६ गते(भोली) हुन लागेको क्षेत्रीय अधिवेशनमा आफुले केन्द्रिय प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेको भन्दै डा.छतकुलीले काँग्रेस पार्टी बलियो बनाउन र धादिङको विकास गर्नको लागि आफुलाई मतदान गर्नको लागि अपिल गर्नुभएको छ। धादिङका साबिकको चैनपुरमा  जन्मिनु भएका डा.छतकुली २०४८ सालदेखी नेपाली काँग्रेसको राजनीतिमा आउनुभएका व्यक्ति हुन्। काँग्रेसको १३ आँै महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा बसेर काम गरिसक्नु भएको अनुभव डा.छतकुली सँग रहेको छ ।

विगत २ दशकदेखी युएनडिपी,विश्व  बंैक जस्ता अन्तराष्ट्रिय संघ संस्थामा काम गरिसक्नु भएका डा.छत्कुली आफ्नो उम्मेद्वारी राजनीति सँगै उद्यमशीलतालाई जोड्नको लागि भएको बताउनु भएको छ।संघीय सरकार तथा स्थानिय सरकारको नीति नियम बनाउने र योजना मुल्यांकन गर्ने काम पनि  गर्नुभएको छ।धादिङको विकास,पार्टीको संगठन विस्तार र पार्टीको विचारलाई जनतामाझ पु¥याउने उदेश्यका साथ आफुले उम्मेद्वारी दिएको भन्दै आफ्नो अमुल्य मत दिएर बिजयी गराउन समेत आग्रह गर्नुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्