नेपाल प्रहरीका २२ एसपीको सरुवा,धादिङमा राकेश सिंह आउने

धादिङ,०५ मंसिर ।
नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । मंसिर ४ गते प्रहरी महानिरीक्षक स्तरीय बैठकले उनिहरुको सरुवा गर्ने निर्णय भएको हो । केही जिल्लाहरुका एसपी सहित प्रहरी प्रधान कार्यालयका एसपी सरुवा भएका छन् । निर्णय अनुसार प्रचलित नियम अनुसार तलव, भत्ता समेत अहिले सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
धादिङमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत एसपी राकेश सिंह आउने भएका छन् भने धादिङका एसपी महेन्द्र खड्का सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा भएका छन् ।

प्रहरी उपरीक्षक दिलीप घिमिरेद्वारा जारी विज्ञप्तिका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अवि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा गरिएको छ । त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा रहेका वसन्त रजौरेलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्