नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म धादिङ सहित ५३ जिल्लाको परिणाम आएको छ। जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २१ जना र बरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जना जिल्ला सभापतिमा निवार्चित भएको काँग्रेस सुचना केन्द्रले जनाएको छ।
पूर्वमहामन्त्री कृष्ण सिटौला निकट एक जना सभापति निर्वाचित भएका छन् भने उपसभापति बिमलेन्द्र निधि निकट एक जना सभापतिले जित निकालेका छन् । सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन्।

