धादिङ अस्पताल बागमति प्रदेशकै उत्कृष्ट

धादिङ अस्पताल बागमति प्रदेशमा उत्कृष्ट भएको छ।बागमति प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयद्वारा अस्पतालको सेवा तथा व्यवस्थापन पक्षमा गरिएको मूल्याङकनका आधारमा प्रदेशभरको अस्पताल मध्ये धादिङ अस्पताल उत्कृष्ट भएको हो।सोमबार अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्ड फलोअप समिक्षा कार्यक्रममा नतिजा सार्वजनिक गरिएको हो।

अस्पतालको गुणस्तर र सेवाका हिसावले मापन गर्दा बाग्मती प्रदेश भरमा अहिले सम्मकै उत्कृष्ट ९३ प्रतिशत अकं प्राप्त गरेको स्वास्थ्य सेवा विभागका बाला राइले बताउनुभयो ।प्रदेश भित्रका जिल्ला स्तरमा रहेको अस्पतालहरुले यो किसिमको आफ्नो शर्त तथा मापदण्ड पुरा सबैले नगरेकोले बागमति प्रदेशमा धादिङ अस्पताल उत्कृष्ट रहेको राइले बताउनुभयो।

May be an image of 10 people and people standing

धादिङ अस्पतालले दरबन्दि अनुसारको स्वास्थ्यकर्मीहरुको अभावका बाबजुद पनि सेवामा गुणस्तर बृद्धि गरि सेवा प्रदान गरिरहेको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झाले बताउनुभयो।यस्तै स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले अस्पतालले न्यूनतम मापदण्ड अनुसार काम गरेपनि सेवा लिएकाहरुबाट सन्तुष्टी मापन गरि यति धेरै सुविधा भएको अस्पतालमा सेवाग्राही बढी आउने वातावरण मिलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमति प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले राजनितिक नेताहरुले कोभिड लगायतको महामारीले स्वास्थ्य सेवा पनि प्राथमिकतामा परेकोले अवसरहरु प्राप्त भएको बताउनुभयो । अस्पतालमा स्वास्थ्यकर्मी कर्मचारी न्यून, आवस्यक भवन समेत अभावको बाबजुद अस्पतालले स्वास्थ्य सेवा दिइरहेको र अब सरकारले अझै सहयोग उपलब्ध गराउनुपर्ने कार्यक्रमका वक्ताहरुको जोड थियो।

May be an image of 2 people, people sitting, people standing and indoor

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा भएको नतिजा सार्वजनिक समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी धुव्र प्रसाद कोईराला, बागमति प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशासक डा.झा, स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेल, नागरिक समाजका अगुवा, बिभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधि,स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो।

हालसम्म प्रदेशको काभ्रे, रसुवा, हेटौडा,सिन्धुली लगाएतका जिल्लाहरुमा बागमति प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय अस्पतालको गुणस्तर मापन गरिसकेको छ ।यसअघि बागमती प्रदेशको उत्कृष्ट हुने अस्पतालले ८८ प्रतिशत मात्र अंक हासिल गरेको थियो।​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्