महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङका अध्यक्ष गायत्री खतिवडासँग लैङ्कि हिसाँका घटनाहरुको अवस्थाको बिषयमा सानुबाबु तिमिल्सिनाले गर्नुभएको कुराकानीको अस्मिता पोखरेलद्धारा सम्पादित अंश सम्पादित अंशः
१.लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कसरी सुरु भयो ?
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सन १९६० मा डोमेनिकन गणतन्त्रको त्यहाँ भित्रको एउटा परिवारको तिन वटा छोरीहरु पेट्रिया, मिनर्भा र मारिया तिनै जना छोरीहरुलाई सरकारको विरुद्धमा बोलेको बापतमा गोलि हानेर मारिएको थियो। मारिएको दिन नोभेम्बर २५ तारिखको दिन थियो त्यसले गर्दा सुरु सुरुको समयमा राजनितिक आस्थाको रुपमा महिलाको राजनितिक सहभागिताको कुरालाई लिएर गरीएको आन्दोलन स्वरुपमा मारिएका ति तिन दिदी बहिनिको सम्झनामा लैङ्गिक हिंसा विरुद्धको दिवसको रुपमा नोभेम्बर २५ लाई मात्र बनाउने गरीन्थ्यो ।
त्यति बेलाको तानाशाही सरकारले त्यो तिन दिदी बहिनीलाई आफनो नियन्त्रणमा राख्दै छोड्दै गरीरहदा नोभेम्बर २५ मा एवटा विशाल सभा आयोजना गरीएको थियो र त्यो सभामा एकै चोटि गोलि हानेर मारिएको थियो । राजनितिक आस्थाका रुपमा बन्दि बनाइएका ति तिन दिदीबहिनीलाई मारिएको सम्झनामा नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको दिवस भनेर सुरुमा केही युरोपिएन र दक्षिण अमेरिकन देशहरुले मनाउन गरे ।
नोभेम्बर २५ देखि डिसेम्बर १० भनेको विश्वमा मानव अधिकार दिवसको दिन भयो । यो १६ दिनको बिचमा अरु पनि मानव अधिकारसँग जोडिएका दिवसहरु आउने हुनाले नोभेम्बर २५ देखि १० डिसेम्बरको यो सोह्र दिनलाई एकै ठाउँमा राखेर मनाउनको लागि संयुक्त राष्ट्रसंघले जुन प्रस्ताब पारित गरेको थियो र एक सय भन्दा बढि देशले त्यसलाई अनुमोदन गरीसकेपछि अहिले हामी ३० औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा छौँ।
३० वर्ष अगाडि संयुक्त राष्ट्रसंघको महासभाले सोह्र दिने अभियानलाई संसार भरी एकै पटक मनाउनको लागि प्रस्ताब पारित भयो र मनाउन थालिएको हो । नोभेम्बर २९ को दिनमा महिला मानव अधिकार रक्षक दिवस,डिसेम्बर १ मा विश्व एड्स दिवस, डिसेम्बर ३ मा विश्व अपाङ्गता दिवस पर्छ त्यसैगरी डिसेम्बर ६ मा महिला शहिदहरुको सम्झनामा महिला शहिद सम्मान भनेर मनाइने गरीन्छ । १४ जना छात्राहरुलाई गोलि हानेर मारिएको सम्झना रुवरुप त्यो दिनको लागि महिला शहिद सम्मान दिवस भनेर मनाउने गरीएको हो।
त्यसैगरी विश्व स्वएम सेवक दिवस, डिसेम्बर ९ मा मानव अधिकार रक्षक दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्छ । यो हरेक विषय महिलाको मानव अधिकारसँग जोडिएको विषय भएको कारणले नोभेम्बर २५ देखि १० डिसेम्बरको यो १६ दिनलाई सोह्र दिने अभियानको रुपमा मनाउन थालिएको हो ।
यो बिचमा सेतो रिवन अभियान पनि यो दिवस भित्रको महत्वपुर्ण कुरा हो । सांसदहरुले हामी हिंसा गर्दैनौँ, हामी हिंसाको विरुद्धमा बोल्छौँ, देखेमा त्यसको विरुद्धमा प्रतिवाद गर्छौँ भन्ने हिसावले उहाँहरुले सेतो रिवन अभियान सुरु गर्नु भएको थियो । यो सेतो रिवन अभियान भनेको पुरुषहरुले म हिंसा गर्दिन, मैले देखेमा त्यसलाई प्रतिवाद गर्छु, हिंसाको विरुद्धमा बोल्नको लागि सहयोगि वातावरण तयार गर्छु भनेर प्रतिवद्धता स्वरुप यो १६ दिने अभियान भरीमा उल्टो भि को आकारमा फर्किएको सेतो रिवन लगाउने गरीन्छ ।
जुन पुरुषले सेतो रिवन लगाउँछन् उल्टो भि आकारमा फर्काएर त्यो सेतो रिवन लगाउने पुरुषले हिंसा गर्दैन, हिंसा विरुद्धमा लाग्ने व्यक्ति हो भन्ने कुरा बुझिन्छ । यो विभिन्न प्रकारको सन्दर्भहरु विभिन्न देशहरुसँग जोडिएका महिलाको मानव अधिकार को पक्षका कुराहरुलाई हेर्दा यो १६ दिने अभियान यसरी सुरु भएर हामी ३० औँ लैङ्कि हिंसा विरुद्धको १६ दिने अभियानमा छौँ ।
२. अभियान अन्तरगत यो वर्ष धादिङमा के–कस्ता कार्यक्रमहरु गर्ने योजना छ ?
हामीले नोभेम्बर २४ तारिखमा नीलकण्ठ नगरपालिका सहित विभिन्न मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको साझेदारीमा मैनबत्ति प्रज्वलनको कार्यक्रम ग¥यौँ त्यसपछि नोभेम्बर २५ तारिखको दिन बिहान नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय धादिङ लगायत अरु मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु र महिला मानव अधिकार रक्षकहरुको सहभागितामा प्रभातफेरीको आयोजना गरीयो ।
अब यो १६ दिन भित्रमा लोक गित प्रतियोगिता गर्ने, विद्यालयमा यौन हिंसा र दव्र्यवहारको बारेमा अभिमुखिकरण कार्यक्रम गर्ने योजना बनाएका छौँ । समग्र तथ्याङकमा हेर्दा १८ वर्ष मुनिका बालबालिकाको संख्या धेरै भएको कारणले हामीले विद्यालयहरुमा लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत यौनजन्य हिंसा र दुरव्यवहारको बारेमा कानुनी जानकारीहरु दिने उद्धेश्य सहित छलफल कार्यक्रम रहेको छ भने अर्को गंगाजमुना गाउँपालिकाको ७ वटै वडाहरुमा त्यहाँका समुदायका महिलाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम गर्ने, त्यो योजनाको अगुवाइ गंगाजमुना गाउँपालिकाले गर्ने छ । त्यसमा हामी सँगसँगै सहभागि भएर काम गर्नेछौँ भन्ने योजना बनाएका छौँ ।
३.यी सबै कार्यक्रम गरीरहँदा समग्र जिल्लालाई समेट्न सक्छौँ जस्तो लाग्छ ?
त्यो त विल्कुल सक्दैन । यहाँ महिलाको मानव अधिकारसँग जोडिएको क्षेत्रमा काम गर्ने फलानो सँस्थाको जिम्म्ेवारी हो अथवा फलानो समुहको जिम्मेवारी हो भन्ने हिसावले लिने कारणले गर्दा कुनै एउटा संस्थाले गरीरहेको छ भने अरु संस्थाले हामी त जानु पर्दैन त्यो फलानो संस्थाको हो अथवा त्यो विषयमा काम गर्ने हाम्रो बजेट छैन, हामी त्यस्मा गर्न सक्दैनौँ भन्ने कुरा हामीले धेरै जवाफहरु पाइरहेका हुन्छौँ।
नेपाल सरकारले सबै स्थानिय तहलाई आआफनो क्षेत्रबाट १६ दिने अभियान मनाउनु भनेर बजेट पठाएको छ, कार्यक्रम पनि तपाईहरु आफैँ प्लान गरेर गर्नु भनेको छ । हामी जस्तो मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुले सकेसम्म धेरै भन्दा धेरै नागरीकहरुसँग पुग्ने गरी यो अभियान मनाउने प्रयास गरीरहेका हुन्छौँ ।
४.हामीले यो कार्यक्रम गरीरहँदा के प्रभाव परेको छ ?
जति ठाउँमा हामी १६ दिने अभियानमा अभिमुखिकरण कार्यक्रमहरुमा जान्छौँ त्यहाँ पुग्दा उहाँहरुले हामीले जुन कानुनी सुचनाहरु दिन्छौ त्यो बारेमा थाहा नै नभएको भन्ने बताउँनुहुन्छ ।त्यहाँबाट हामी फर्केर आइसकेपछि घटना हुने वित्तिकै हामीलाई फोन गर्नुहुन्छ र उजुरीको प्रक्रियामा आउनुहुन्छ त्यसलाई हामीले उपलब्धिको रुपमा लिएका छौँ ।त्यसले गर्दा यो १६ दिने अभियानको महत्व एकदम छ र यस्को प्रभावकारीता छ।
अहिले कतिपय महिलाहरुलाई कस्ले हामीलाई के सहयोग दिन्छ भन्ने जानकारी छैन जस्तो बार एसोसिएसनमा निशुल्क कानुनी सहायता समिति, सहयात्री समाज नेपालमा सेफ हाउस छ, त्यहाँ मनोविमर्शको सेवा हुन्छ, निशुल्क मुद्धा लड्न चाहने अथवा नसक्नेहरुका लागि निशुल्क कानुनी सहयोगको व्यवस्था हुन्छ,नेपाल प्रहरीमा महिला बालबालिका जेष्ठ नागरीक सेवा केन्द्र छ त्यसले पनि निशुल्क सहयोग गर्छ भन्ने कुरा,कतिपय गाउँपालिकाहरुले लैङ्गिक हिंसा राहत कोष बनाइराखेको छ यी सबै कुराहरु नागरीकहरुलाई अहिले पनि जानकारी छैन र यस्तो खालको सुचना हामीले १६ दिने अभियानको क्रममा पु¥याउन सक्यौँ भने एकदम राम्रो प्रभावकारी हुने कुरा हो।
५.धादिङमा लैङ्गिक हिंसाका घटनाको अवस्था के छ ?
हरेक वर्ष हामीले प्रहरीको तथ्याङकलाई आधार बनाएर बोल्नु पर्छ त्यसरी हेर्दा बढेको देखाउँछ । घरेलु हिंसा र यौनजन्य हिंसाको घटना बढेको देखाउँछ । विपदको समयमा लैङ्गिक हिंसाको घटना बढ्ने रहेछ जस्तो लाग्छ । भूकम्पको समय आर्थिक वर्ष २०७२/०७३ मा लैङ्गिक हिंसाको घटना नेपाल प्रहरीमा सबै भन्दा धेरै उजुरीमा आएको थियो भने यो आर्थिक वर्ष २०७७/०७८ मा पनि लैङ्गिक हिंसाको घटना धेरै रेकर्ड गरीएको छ ।
या विविध कारणहरुले लैङ्गिक हिंसा बढ्नको लागि सहयोग पुग्दो रहेछ भन्ने कुरा हामीले विश्लेषण ग¥यौँ। आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ मा ४० वटा मात्र थियो अहिले ०७७/०७८ मा ५६ वटा यौन हिंसाको घटना प्रहरीमा दर्ता भएको छ ।
यौन हिंसा भित्र जवरजस्ती करणी, जवरजस्ती करणीको प्रयास, हाडनाता करणी र बाल यौन दुरुपयोग भनेर यति शिर्षकमा मुद्धा दर्ता हुन्छ र बाल यौन दुरुपयोगको कुरा गर्दा बालकहरु पनि यौन दुव्र्यवहारको शिकार भएका छन् र यो अन्तरगतको मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ।आर्थिक वर्ष २०७६/०७७ को भन्दा ०७७/०७८ को दोब्बरको संख्याले घरेलु हिंसाको घटना बढेको प्रहरीको रेकर्डमा छ । आर्थिक वर्ष ०७७/७८ मा १ सय एक वटा आत्महत्याका घटना भएछ हाम्रो जिल्लामा त्यो मध्ये ६७ जना महिला हुनुहुन्छ र ३४ जना पुरुष भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
६. यो विषयमा विभिन्न अभियानमा गोष्ठिहरु हुन्छन्,यी कार्यक्रमहरु भइरहँदा हिंसा जन्य गतिविधिहरु घट्नुपर्ने होइन र किन बढ्दै छ?
कार्यक्रमहरुले घट्नुपर्ने तर हाम्रो सोच र सामाजिक संरचना अथवा प्रणालि नै त्यस्तै खालको छ जस्तो लाग्छ । छोरी मान्छेलाई गरीने व्यवहार अथवा बोलिने शब्दहरु चाहे त्यो ५ वर्षको होस् चाहे ८० वर्षको आमा नै किन नहोस कहिले पनि उनिहरुको आत्म सम्मानको हिसावले सोचिएको हुँदैन ।हाम्रो धार्मिक सामाजिक संस्कार, मुल्य मान्यताहरु, हाम्रो कुप्रथाहरु जस्तै बोक्सी धादिङ भन्दा बाहिरको कुरा गर्ने हो भने अरु विविध खालको कुप्रथाहरु छन् त्यो कारणले गर्दा हिंसा भइरहेको छ ।
छोरी मान्छे एकदम राम्री हुन पर्छ, चिटिक्क पर्नुपर्छ, रुप जिउडाल भनेर व्याख्या गरीने विविध खालको विविध कुराहरुले हिंसा गर्नको लागि सहयोग पु¥याइ राखेको छ। घटना भएपनि सकेसम्म बाहिर नजाओस्, एउटा घटना हुने वित्तिकै गाउँकै इज्जत जाने, त्यो कुन पार्टिसँग जोडिएको व्यक्ति हो त्यो पार्टिकै इज्जत जाने, समाजको इज्जत जाने यस्ता यस्ता कुराहरुको कारणले गर्दा यो घटना दिनदिनै बढिरहेको छ सोचे जस्तो कम भएको छैन ।
७. लैङ्गिक हिंसाका घटनाहरु न्युनिकरणको लागि समुदाय स्तरमा के–कस्ता पहलहरु गरिनुपर्छ? कस्ता खालका रणनितिहरु बनाउन पर्छ ?यसमा कस्को भुमिका के हुनसक्छ जस्तो लाग्छ ?
घटना भएपछि सबै सबैले यो अन्याय नै भएको हो भन्ने कुरा स्वीकार गनुप¥यो हाम्रोमा त्यो बानी भएन,जे घटना हुन्छ त्यसलाई पिडितले चाहेको ठाउँमा उजुरीमा जान दिनुप¥यो, समयमा उजुरीमा पठाउन प¥यो, जो घटनामा संलग्न छ उस्लाई दोषी दिनुप¥यो त्यो भयो भने अर्को व्यक्ति को पनि मनोबल बढ्दैन ।
बल्ल बल्ल केश दर्ता गरेको हुन्छ हाम्रो कानुनी प्रक्रिया झन्झटिलो लामो छ मान्छेहरु बिचमै थाक्नुहुन्छ त्यसले गर्दा मुद्धा बिचमै छोडिन्छ। यस्ता खालको कुराले पनि फलानोले कानुनमा गएर के पायो र मैले गएर के पाउँछु र भन्ने एउटा निराशा महिलाहरुमा गएको छ । हाम्रो कानुनी प्रक्रिया एकदम महँगो छ एउटा मुद्धा लड्नको लागि १ लाख देखि २ लाखसम्म खर्च गर्नै पर्छ यी कुराहरु पनि भएको छैन त्यसैले त्यस्तो झन्झटिलो प्रक्रिया हरुलाई पनि छोटो बनाइनु पर्छ भन्ने मलाई लाग्छ ।
पिडितलाई बोल्ने वातावरण छैन पिडितलाई सहयोगि, सुरक्षित वातावरण तयार गर्नुप¥यो। स्थानिय सरकारले हिंसा पिडितहरुका लागि राहत कोषको व्यवस्था गर्नुप¥यो, सकेसम्म सिप, रोजगारीको सुनिश्चितता गरिनुपर्छ, मनोसामाजिक परामर्शको व्यवस्था गरिनुपर्छ । कानुनहरु परिवर्तन भइरहेका छन् यस्को बारेमा पनि नागरीकहरुलाई सुसुचित गर्नुपर्छ । राज्य, न्यायीक निकाय र मानव अधिकारको क्षेत्रमा काम गर्ने सबै यो प्रति जिम्मेवार हुनुभयो भने सायद लैङ्गिक हिंसा कम गर्न सहयोग पुग्छ जस्तो लाग्छ ।
८. अन्त्यमा अभियान अन्तरगत, हिंसाका घटनाहरु को विषयमा केही सन्देश दिन चाहनुहुन्छ ?
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान महिलाको अभियान होइन यो सबैको अभियान हो । हामी सबैले आ–आफनो क्षेत्रबाट जहाँ जुन खालको घटना भएको छ त्यो बाहिर ल्याउनको लागि पिडित र पिडितको परिवारलाई प्रोत्साहित गर्नुपर्छ, सुरक्षित वातावरण तयार गर्ने र उनीहरुको गोपनियता राख्ने कुरालाई हामी सबै जना सजग हुनुपर्छ ।
कसैलाई पनि लैङ्गिक हिंसाको घटना परेको थियो, छ र भोलि पर्न सक्छ भने यहाँहरुले हामीलाई सम्पर्क गरेर जानकारीहरु लिन सक्नुहुन्छ। हामीले निशुल्क रुपमा कानुनी सुचनाहरु प्रदान गर्छौ । हामीले मनोसामाजिक मनोविमर्शको सहयोग पनि उपलब्ध गराउँदै आएका छौँ ।
सहयात्री समाजको सम्पर्क नम्बर ०१०-५२१३४४ मा सम्पर्क गरेर जिज्ञासा, जानकारी, यहाँको समस्याहरु राख्न सक्नुहुन्छ। यो १६ दिने अभियानमा आ–आफनो क्षेत्रबाट हिंसालाई गरी सुरक्षित र स्वस्थ समाज निमार्णको लागि लाग्नको लागि यहाँहरु सबैको प्रतिबद्धता जाहेर होस् भन्न चाहन्छु।