दोस्रो प्रदिप स्मृति कप फुटबलमा आज चरंगे, डि.एफ.सी, जनजागरण, हुलाक जागरुक र डुप्चे बिजयी

धादिङको नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं. ४,सेल्लेमा जारी“दोस्रो प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता”मा आज ५ खेल सम्पन्न भएका छन्। खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलहरुमा चरङ्गे युवा क्लब, डि.एफ.सी, जनजागरण युवा समाज, हुलाक जागरुक युथ क्लब र डुप्चे युथ क्लब बिजयी भएका छन् ।

पहिलो खेलमा छोईलिङ्ग युवा क्लबलाई चरङ्गे युवा क्लबले ८–३ गोलले पराजित गर्याे भने उक्त खेलका म्यान अफ दि म्याच चरङ्गेका रोमियो लामा भए ।त्यसैगरि दोस्रो खेलमा पाख्रिन समाजलाई डि.एफ.सि. एकेडमीले २–० ले पराजित गर्याे उक्त खेलका म्यान अफ दि म्याच डि.एफ.सि.का प्रमोद श्रेष्ठ भए ।

No description available.

त्यस्तै आजै तेस्रो खेलमा जनजागरण युवा समाज हजारे र ब्रादी युवा क्लब ’बि’ बिचको खेल निर्धारित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टीमा हजारे ५–४ ले बिजयी भयो । उक्त खेलका म्यान अफ दि म्याच हजारेका बिरेन्द्र गुरुङ्ग भए ।त्यसैगरि चौथो खेलमा सक्रिय युवा समाजलाई हुलाक जागरुक युथ क्लब देउरालीले २–१ गोलले पराजित गर्याे । उक्त खेलका म्यान दि म्याच देउरालीका महेन्द्र तामाङ्ग चुनिए ।
त्यसैगरि आजै सम्पन्न अन्तिम खेलमा डुप्चे युथ क्लबले फलाटे युवा क्लबले ४–१ गोलले पराजित गर्याे । उक्त खेलका म्यान दि म्याच डुप्चेका सन्तोष तामाङ्ग भए ।

प्रतियोगिता अन्तरगत भोली पनि ३ खेलहरु हुनेछन् ।भोली हुने खेलहरुमा चौतारा युवा क्लब र छोईलिङ्ग युवा क्लब ’बि’, जनजागरण युवा समाज हजारे र चरङ्गे युवा क्लब ’ए’ साथै हुलाक जागरुक युथ क्लब र नागिनथान युवा क्लब भिड्नेछन् ।छोइलिङ युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका १९ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको बिजेताले नगद रु पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद रु तिस हजार,ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनलिस्ट २ टिमले नगद रु आठ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र, हरेक खेलमा म्यान अफ दि म्याचलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाईनल, समापन तथा पुरस्कार वितरण पौष ४ गते हुने आयोजकले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्