नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं,०७ पुस।
नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टिभएको छ।संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बुधबार प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा.संगिता कौशल मिश्राले बताउनुभयो।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको र संक्रमितहरु निको भईसकेका छन्।ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्