धादिङ अस्पतालमा चैत्र १४ गते (मंगलबार) रक्तदान कार्यक्रम हुँदै

धादिङ, ०३ चैत्र ।
धादिङ बचत तथा ऋण सहकारी संघको २२ औँ स्थापना दिवसको अवसरमा चैत्र १४ गते (मंगलबार) बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधि सहयोगमा रक्तदान कार्यक्रम हुने भएको हो ।

मंगलबार धादिङ अस्पताल परिसरमा बिहान १० बजेदेखि दिउँसो ४ बजे सम्म रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील समेत गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्