बेनिघाट रोराङको सुर्योदय आबिको दुई तल्ले भवन उद्घाटन

धादिङ, २१ पौष
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ भुवाभञ्ज्याङको सुर्योदय आधारभूत विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

पूर्णिमा कार्यक्रमको सहयोगमा निमार्ण भएको बेनिघाटको नमुना विद्यालय सुर्योदय आधारभूत विद्यालयको ६ कोठाको दुई तल्ले आरसिसि भवन मंगलबार गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले उद्घाटन गर्नुभएको हो।साथै गाउँपालिका अध्यक्ष डल्लाकोटीद्वारा चावि व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ।

बेलायत सरकारको सहयोगमा मट म्याकडोनाल्ड द्वारा कार्यान्वयन भएको पाँच बर्षे भुकम्प पश्चात्को पूर्नलाभ कार्यक्रम अन्तर्गत नमुना विद्यालय निर्माण गरेको पूर्णिमा कार्यक्रमका बरिष्ठ पुर्वाधार प्रबन्धक गुणराज श्रेष्ठले बताउनुभयो।नमुना भवन भए सङ्गै शैक्षिक गतिविधि पनि नमुना भए मात्र यहाँका अभिभावक र विद्यार्थी लाभान्वित हुने उहाँको भनाइ छ।

प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष डल्लाकोटिले भवनको उद्घाटन गर्ने क्रममा आरसिसि ६ कोठे भवन सहित, छात्रामैत्री,बाल मैत्री शौचालय, बाल मैत्री खानेपानी धारा, बाल उधान र आवश्यक फर्निचर र खेल सामाग्री सहयोग गरेकोमा पूर्णिमा कार्यक्रमलाई धन्यवाद दिदै अब यसको संरक्षण र उपलब्धि मुलक शिक्षा दिने काम विद्यालय र स्थानीय तहको रहेको बताउनु भयो ।

पूर्णिमाले भवन निमार्णसंगै विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीलाई समेत तालिम दिएको छ।स्थानीय तह र समुदायको सहभागीतामा भवनको प्राविधिक डिजाइन र सुपरिवेक्षण कार्यान्वयन भने सप्रोस नेपालले गरेको थियोे ।

मन्तव्य राख्ने क्रममा बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष देवीप्रसाद सिलवालले भवन निमार्ण गर्ने संस्था पूर्णिमा लाई धन्यवाद दिदै अब गाउँपालिकाले गर्ने सबै सहयोग गर्ने बताउनुभयो।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्