नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ।
पछिल्लो केही दिनयता दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ।पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४२९ को कोरोना परिक्षणमा १४ सय ४६ संक्रमित थपिएका छन्।यो संख्या आईतबारको तुलनामा झण्डै तिन सयले बढी हो।
देशभरका प्रयोगशालाबाट ८ हजार ९६५ जनाको पीसीआर गर्दा १३ सय ५७ र २ हजार ४६४ जनाको एन्टिजेन परिक्षणमा ८९ गरी १४ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
आईतबार ११ सय ६७ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ३० हजार ८५० पुगेको छ ।
यसैगरी पछिलो २४ घण्टामा २५५ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १४ हजार ४८५ पुगेको छ।
संक्रमित भन्दा संक्रमणमुक्त हुने संख्या घट्दै गएपछि सक्रिय संक्रमित बढेका छन्।
हाल सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७.९ प्रतिशत रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६०६ रहकोे मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।