नेत्रावती डवजोङका बिद्यालयहरु तत्काल बन्द नहुने,परीक्षापछि बन्द गरिने

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् ।

बुधबार बसेको गाउँपालिकाको शिक्षा समितिको बैठकले गाउँपालिका अन्तरगतका विद्यालयहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विभिन्न सिफ्टमा माघ २ गतेबाट दोस्रो परीक्षा सन्चालन गर्ने र परीक्षापछि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।गाउँपालिकाले यो अवधीमा बैकल्पिक सिकाइ सहजिकरण निर्देशिका २०७७ अनुसार सिकाई सहजिकरणको व्यवस्था गर्न सबै विद्यालयलार्ई अनुरोध गरेको छ।

मंगलबार जिल्ला शिक्षा समन्वय इकाईले जिल्लाका सबै पालिकालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी निर्देशन कार्यान्वय गर्न अनुरोध गरेको थियो। जिल्लामा बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिका र नीलकण्ठ नगरपालिका बाहेक अन्य पालिकाले विद्यालय बन्द गराएका छैनन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरे सँगै सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्