धादिङमा सक्रिय संक्रमित २६ पुग्यो,थप सात जनामा संक्रमण

धादिङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा १६ एण्टिजेन परिक्षण गरिएकोमा नीलकण्ठ नगरपालिकामा ३, धादिङ अस्पतालमा २, गल्छी र ज्वालामुखी गाउँपालिकामा १/१ जना गरी ७ पोजिटिभ आएकोे स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमित हुनेमा ६ पुरुष र १ महिला रहेको छ ।

यो सँगै जिल्लाको सक्रिय केश २६ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ९७ पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्