धादिङमा नामावली दर्ता कार्यक्रम जारी:१७ हजार बढि मतदाता थपिए

धादिङमा फोटो सहितको मतदाता नामावली दर्ता कार्यक्रम जारी रहेको छ।

जिल्ला निर्वाचन कार्यालय धादिङ र जिल्ला प्रशासन कार्यालयबाट जारी फोटो सहितको मतदाता नामावली दर्ता कार्यक्रम निर्वाचनको मिति घोषणा नहुन्जेल सम्म निरन्तर हुने निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा हालसम्म १७ हजार बढि मतदाता थपिएका छन्।निर्वाचन कार्यालय धादिङले गत मंसिर १७ देखि पुस ८ गतेसम्म जिल्लाका १३ स्थानीय तहका कार्यालयबाट सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा धादिङमा ९ हजार ९६९ जना मतदाता थपिएका थिए ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यलयबाट गत मंसिर १७ देखि पौष २८ सम्म ७ हजार ३५ जना मतदाता थपिएका छन्।यो सँगै धादिङमा हालसम्म १७ हजार ४ मतदाता थपिएका छन् ।

नाम दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट दर्ता गराउन जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले आग्रह गर्नुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्