तिप्लिङमा पहिरोमा परेर डोजरसहित तीन जना बेपत्ता

धादिङ,२९ पुस।

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं १ तिप्लिङमा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका छन्।

तिप्लिङ्गको पुरु नजिकै लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा गयराति पहिरो खस्दा डोजर चालकसहित तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयधादिङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो।

तिप्लिङका शिक्षक नरबहादुर घलेका अनुसार बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका छन्।

डोजरसहित मान्छे पुरिएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछिउद्धारका लागि टोली परिचालन गरिएको डिएसपी भण्डारीले जानकारी दिनुभयो।घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको रहेको प्रहरीले जनाएको छ ।

धादिङबेसि सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्ने उक्त क्षेत्रमा बिकट गाउँमा सडक पुर्याउन काम भईरहेको थियो ।
फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्