धादिङका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

धादिङका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा ८३ एण्टिजेन परिक्षण गरिएकोमा धादिङ अस्पतालमा १३, निलकण्ठ नगरपालिकामा ४, धुनिबेसीमा ३, ज्वालामुखी गाउपालिका, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी गाउँपालिकमा १/१ जना गरि जिल्लामा २३ पोजिटिभ आएकोे स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

संक्रमित हुनेमा ११ पुरुष र १२ महिला रहेको छ। शुक्रबार ९ संक्रमित थपिएका थिए।यो सँगै जिल्लाको सक्रिय केश ७४ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार २ सय ४५ पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्