तिप्लिङ पहिरोमा बेपत्ता मध्ये एकको शव फेला,अन्य २ जना अझै अज्ञात

धादिङ,०१ माघ।
उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं १ तिप्लिङमा सडक खन्ने क्रममा गएको पहिरोमा बेपत्ताहरूमध्ये १ जनाको शव भेटिएको छ ।उक्त पहिरोमा अझै २ जना हराईरहेका छन् ।

खोजीका क्रममा आज अपरान्ह ४ बजे बेपत्ता भएका मध्ये एक जना बख्खु लगाएका व्यक्तिको शव भेटिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो।

शव भेटिएका व्यक्तिको भने पहिचान भईनसकेको उहाँले बताउनुभयो ।बिहिबार तिप्लिङ्गको पुरु नजिकै लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा झरेको पहिरोमा स्थानिय २५ वर्षिय अनिस तामाङ, काभ्रेका स्काभेटर चालक २७ वर्षिय आकाश तामाङ, र सहचालक २० वर्षिय राजु तामाङ बेपत्ता थिए।

बेपत्ताहरुको नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी कार्य जारी राखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्