त्रिवि अन्तर्गतका सबै विभाग र आङ्गिक क्याम्पस माघ १० सम्म बन्द

त्रिभुवन विश्वविद्यालयले आउँदो १० गतेसम्म सबै विभाग र आङ्गिक क्याम्पसको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले सूचना निकालेर विभाग र आङ्गिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको जनाएको हो ।

माघ १० पछि भने पालिकासँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठनपाठन गराउन भनिएको छ ।

अहिले चलिरहेको परीक्षा भने यथावत् रहने पनि सूचनामा उल्लेख छ। परीक्षा केन्द्रहरुमा स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्