आज एकैदिन ४ लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

गत २४ घण्टामा ४ लाख ३५ हजार १ सय ९३ जनालाई कोरोनाविरुद्धको खोप लगाएका छन्।योसँगै नेपालमा लक्षित जनसङ्ख्याको ६० प्रतिशतले खोपको पूर्ण मात्रा पाएको दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा अहिलेसम्म ६० दशमलव ७ प्रतिशतले पूर्ण मात्रा र ७९ दशमलव ४ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।

तर नेपालको कुल जनसङ्ख्याको भने ३९ दशमलव ८ प्रतिशतले मात्रै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । ५२ दशमलव १ प्रतिशतले भने कम्तिमा एक मात्रा मात्रै लगाएका मन्त्रालयले जनाएको छ ।

४ करोड ३ लाख ८८ हजार ८ सय ४० मात्रा कोरोनाविरुद्धको खोप नेपालमा छ । सरकारले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि खोप अभियानलाई तीब्रता दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्