कोभिड अपडेट:पछिल्लो २४ घन्टामा थपिए छ हजार ७३४ संक्रमित,सक्रिय केश ३१ हजार नजिक

नेपालमा पछिल्लो केही सातायता दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ।पछिल्लो २४ घण्टामा देशभर १७ हजार ४६५ को कोरोना परिक्षणमा ६ हजार ७३४ संक्रमित थपिएका छन्।

देशभरका प्रयोगशालाबाट १४ हजार १४ जनाको पीसीआर गर्दा ५ हजार ७४७ र ३ हजार ४५१ जनाको एन्टिजेन परिक्षणमा ९८७ गरी ६ हजार ७३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आईतबार ४ हजार ९६१ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ६१ हजार ३४० पुगेको छ ।

यसैगरी पछिलो २४ घण्टामा ५४७ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १६ हजार ९८५ पुगेको छ।सक्रिय संक्रमितको संख्या ३० हजार ८८७ पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९५.१ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६२३ पुगेकोे मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्