धादिङका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि,सक्रिय केश १४५

धादिङका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा १२१ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा १६, त्रिपुरासुन्दरीमा १४, धुनिबेसिमा ७, गजुरीमा ४, निलकण्ठमा ३, नेत्रावती डवजोङमा २, गल्छी र गंगाजमुनामा १/१ जनागरि जिल्लामा ४८ पोजिटिभ केश देखिएको देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।आज संक्रमित हुनेमा २७ महिला र २१ पुरुष रहेका छन् ।

आईतबार २३ संक्रमित थपिएका थिए।यो सँगै जिल्लाको सक्रिय केश १४५ पुगेको छ।

संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ३ सय १६ पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्