२४ घन्टामा धादिङका ६९ जनामा संक्रमण पुष्टि,५ संक्रमित निको

धादिङका थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा १११ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा २६, धुनिबेसिमा १४, गजुरीमा ८, बेनिघाट रोराङमा ६, निलकण्ठमा ५, गंगाजमुनामा ५, जिल्ला आयुर्वेद सेन्टरमा ३ र त्रिपुरासुन्दरीमा २ गरि ६९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। बुधबार ३६ संक्रमित थपिएका थिए।

यस्तै पछिल्लो २४ घण्टामा ५ संक्रमित निको भएका छन्। हाल जिल्लाको सक्रिय संक्रमित ३३० रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६२.१ प्रतिशत पुगेको छ ।

केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ५ सय २० पुगेको छ। संक्रमित मध्ये ८ हजार १३८ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्