आज एकै दिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि,चारको मृत्यु

पछिल्लो केही सातायता दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या लगातार बढ्रदै गएकोे छ। पछिल्लो २४ घण्टामा देशभर २७ हजार ४९७ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट २१ हजार ७ जनाको पीसीआर गर्दा १० हजार ५२ र ६ हजार ४९० जनाको एन्टिजेन परिक्षणमा २ हजार २८६ गरी १२ हजार ३३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार ११ हजार ३५२ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार ८८८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६४९ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १८ हजार ८०९ पुगेको छ।सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९२.२ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६३२ पुगेकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्