धादिङ अस्पतालमा पिसिआर परीक्षण शुरु

धादिङ अस्पतालमा पिसिआर परीक्षण सेवा शुरु भएको छ।

जिल्लामै पहिलो पटक रिअल टाइम पिसिआर मेसिनमार्फत यही माघ ७ गतेबाट परीक्षण शुरु गरिएको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवन चन्द्र झाले बताउनुभयो।

डा.झाका अनुसार पिसिआर परीक्षण सेवा हप्तामा २ दिन सञ्चालन हुनेछ।दैनिक रूपमा नमुना संकलन गर्न जनशक्तिको अभावका कारणले हप्ताको २ दिन मात्र परिक्षण गरिएको उहाँको भनाई छ।

पहिलो दिन ३२ जनाको आरटि पिसिआर परीक्षण गरिएकोमा १३ जनाको कोरोना पोजेटिभ र १९ जनाको नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी विक्रम वि.कले बताउनुभयो।विकका अनुसार नमुना संकलन गरेको १२ घण्टा पछि रिपोर्ट आउनेछ।

अस्पतालको प्रयोगशालाबाट एकपटकमा ९५ जनासम्मको कोभिड–१९ जाँच्ने क्षमता रहेको तर जनशक्ति अभावका कारण हप्ताको २ दिन ३० देखी ४० जनाको मात्रै परिक्षण गर्ने गरिएको सूचना अधिकारी वि.कले बताउनुभयो।

प्रयोगशालामा हाल धादिङ अस्पतालका दुईजना टेक्निसियन र बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलबाट आएका एकजना टेक्नोलोजिष्ट कार्यरत रहेका छन्।

जिल्लामा दिनानुदिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ।पिसिआर मेसिन सञ्चालनको लागि प्रदेश सरकारसँग थप जनशक्ति माग गरिएको अस्पतालले जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्