धादिङको जनसङ्ख्या तिन लाख २२ हजार ७५१,अठार हजार ४६७ जना विदेशमा(विवरण सहित)

२०७८ सालको जनगणना अनुसार धादिङको जनसंख्या तिन लाख २२ हजार ७ सय ५१ रहेको छ।

जसमा एक लाख ६५ हजार ५ सय ४४ जना महिला र एक लाख ५७ हजार २ सय ७ जना पुरुष रहेको जनगणना कार्यालय धादिङले जनाएको छ। जनसंख्या वृद्धिदर माइनस शुन्य दशमलव ३९ प्रतिशत रहेको छ। २०६८ मा जिल्लामा तिन लाख ३६ हजार ६७ जनसंख्या रहेकोमा १३ हजार ३१६ ले घटेर अहिले तिन लाख २२ हजार ७ सय ५१ रहेको छ।

धादिङको बेनीघाट रोराङ, गजुरी र थाँक्रेमा पुरुषको जन संख्या धेरै देखिएको छ भने अन्य पालिकामा महिलाको जनसंख्या धेरै देखिएको छ । धादिङमा सबै भन्दा धेरै जनसंख्या नीलकण्ठ नगरपालिकामा ५८ हजार १५१ जना र सबै भन्दा कम रुबीभ्यालीमा १० हजार ४७२ जना जनसंख्या रहेको छ ।

यस्तै २०७८ को जनगणना अनुसार धादिङमा घर संख्या ७८ हजार ६ सय ६३ रहेको छ भने परिवार संख्या ८४ हजार ४ सय ६३ रहेको छ। परिवारको औषत संख्या ३ दशमलब ८२ प्रतिशत, जनघनत्व १६८ प्रतिशत र लैंगिक अनुपात ९४ दशमलब ९६ प्रतिशत रहेको छ।

धादिङका १५ हजार २५८ जना पुरुष र ३ हजार २०९ महिला गरी १८ हजार ४६७ जना विदेश गएको तथ्याङ्कमा उल्लेख गरिएको छ। जुन माइनस शुन्य दशमलव ८५ प्रतिशत रहेको छ।

यो विदेश गएका तर फर्कनेहरुको तथ्याङ्क भएकाले यसलाई अनुपस्थित जनसंख्याको रुपमा लिइन्छ। परिवारसहित विदेश गएर बसेकाहरुको तथ्याङ्क भने यसमा समेटिएको हुँदैन।

केन्द्रीय तथ्यांक विभागले बुधबार २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ।

विभागका अनुसार महिलाको जनसङ्ख्या एक करोड ४९ लाख एक हजार १ सय ६९ र पुरुषको जनसङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ ।

प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको छ । विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो।

हेर्नुहोस धादिङको विवरण :

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्