धादिङका थप २७ जनामा कोरोना संक्रमण,४८ संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा धादिङमा २७ जना कोरोना संक्रमित थपिदा ४८ संक्रमित संक्रमण मुक्त भएका छन्।

आज जिल्लामा ४४ एण्टिजेन परिक्षण गरिएकोमा गजुरी, ज्वालामुखी र त्रिपुरासुन्दरीमा ५/५ जना, नीलकण्ठ, बेनीघाट रोराङ र गंगाजमुनामा ३/३ जना, गल्छीमा २ जना र धुनिबेसीमा १ जना गरी जम्मा २७ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

हाल जिल्लाको सक्रिय संक्रमित ६ सय ६५ पुगेको छ।संक्रमित मध्ये ६ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६१ दशमलब ४ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।

गलबार मात्रै १०७ संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ९ सय ८१ पुगेको छ। संक्रमित मध्ये ८ हजार २५५ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्