धादिङमा आज ४६ जनामा कोरोना पुष्टि हुदाँ ३६ संक्रमित डिस्चार्ज

धादिङ,१४ माघ ।
धादिङमा आज ४६ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ३६ संक्रमित संक्रमण मुक्त भएका छन्।

आज जिल्लामा ७८ एण्टिजेन परिक्षण गरिएकोमा धादिङ अस्पतालमा १५, नीलकण्ठ नगरपालिकामा ११, धुनिबेशीमा ६, ज्वालामुखी र त्रिपुरासुन्दरीमा ५/५ जना र गजुरीमा ४ जना गरी ४६ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

योसँगै हाल जिल्लाको सक्रिय संक्रमित ६ सय २४ पुगेको छ।संक्रमित मध्ये ६ सय ८ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ५८ दशमलब ९ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ । बिहिबार मात्रै ४८ संक्रमित थपिएका थिए।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ७५ पुगेको छ। संक्रमित मध्ये ८ हजार ३९० निको भईसकेका छन् भने संक्रमणका कारण ८० जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्