६ हजार ८२७ जनामा कोरोना पुष्टि हुँदा ५ हजार ४३२ संक्रमित डिस्चार्ज

धादिङ,१४ माघ ।
नेपालमा पछिल्लो २४ घण्टामा १९ हजार ८६९ नमुना परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज देशभरका प्रयोगशालाबाट १३ हजार ७९१ जनाको पीसीआर गर्दा ४ हजार ८०७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षणमा २ हजार २० गरी ६ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ।

बिहीबार ८ हजार १७ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ४३२ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १० जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६९७ पुगेकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्