शहिद दिवसको अवसरमा धादिङमा सरसफाई कार्यक्रम सम्पन्न

शहिद दिवसको अवसरमा धादिङमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले धादिङबेसि स्थित पशुपति मन्दिर परिसर सरसफाई गरीएको प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

केन्द्रको निर्णय अनुसार नै जिल्ला प्रहरी कार्यालय धादिङले धार्मिक तथा सार्वजनिक स्थलहरु सरसफाई गरीएको भण्डारीले धादिङ सन्चारलाई जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव निरिक्षक लक्ष्मण गौतमको नेतृत्वमा मन्दिर हाताभित्र सरसफाई गरीएको हो । जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न दिवसहरुमा जनेचतना मुलक कार्यक्रम सँगै सामाजिक कार्य पनि सन्चालन गर्दै आईरहेको छ ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्