फादर अल्फारोद्वारा आगलागी पीडित श्रेष्ठ परिवारलाई नगद ५० हजार सहयोग

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ ईटपानी निवासी भलिबल कोच तथा रेफ्रि सोम श्रेष्ठको परिवारलाई नगद ५० हजार सहयोग गरिएको छ।

नलाङ पात्ले माविका शिक्षक तथा समाजसेवी अमृत गुरुङ(तिलक)को समन्वयमा स्पेनिस नागरिक फादर अल्फारोले नगद ५० हजार रुपैँया सहयोग गर्नुभएको हो ।

यहि माघ ११ गते ग्यास सिलिन्डरबाट आगलागी हुँदा सोम श्रेष्ठको पसलको सामान सहित नगद ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो।

तत्कालको लागि आर्थिक सहयोग होस भनेर फादर अल्फारोले नगद सहयोग गर्नुभएको शिक्षक तथा समाजसेवी अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।

स्पेनबाट नलाङमा आई बस्नु भएका फादर अल्फारोले सिद्धलेकको खानेपानी,शिक्षा,सडक,सामुदायिक भवन निर्माण लगायतको क्षेत्रमा बर्षेनी लाखौँ रुपैँया बराबरको रकम सहयोग गर्दै आईरहनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्