राष्ट्रिय युवा संघ धादिङको बैठक,जिल्लाका सबै वडा र पालिका अधिवेशन तत्काल गर्ने

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल आयोजक कमिटी धादिङको बैठक बसेको छ ।

आइतबार धादिङबेसी स्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाका सबै वडा र पालिका अधिवेशन तत्काल गर्ने र सँगै रक्तदान कार्यक्रमलाई प्रथामिकतामा राखेर लैजाने निर्णय गरेको जिल्ला संयोजक काजी श्रेष्ठले जानकारी दिनुभयो ।बैठकमा आठौं आयोजक कमिटी गठनको विषयमा समेत छलफल भएको श्रेष्ठले बताउनुभयो।

जिल्ला संयोजक काजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज दिपक खतिवडाको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य बसन्ता पाण्डे र बागमती प्रदेशका सचिव मोदनाथ सिलवालको आतिथ्यता रहेको थियो।तस्विर सुनिल तामाङ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्