१६ हजार ८८ नमुना परीक्षणमा थप ५२९२ जनामा संक्रमण:८ हजार १९१ संक्रमित निको

केही दिन यता नेपालमा थपिने कोरोना संक्रमित भन्दा निको हुने बढि रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ८८ नमुना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ८ हजार १९१ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट १० हजार ३६८ जनाको पीसीआर गर्दा ३ हजार ४७२ र ५ हजार ७२० जनाको एन्टिजेन परिक्षणमा १८ सय २० गरी ५ हजार २९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ। आईतबार ३ हजार ५४० संक्रमित थपिएका थिए।

यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ६२ हजार ८९८ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको संक्रमणबाट मृत्यु भएको छ।

यो सँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्