युवा संघको सप्ताह–व्यापी रक्तदान कार्यक्रम अन्तरगत साँधभञ्ज्याङमा ३४ जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ धादिङको खुल्ला सप्ताह–व्यापी रक्तदान अभियान अन्तरगत सोमबार साँधभञ्ज्याङमा ३४ जनाले रक्तदान गरेका छन्।

राष्ट्रिय युवा संघ ज्वालामुखी गाउँपालिका कमिटिको आयोजनामा साँधभञ्ज्याङमा भएको रक्तदान कार्यक्रममा २ जना महिला र ३२ जना पुरुष गरी ३४ जनाले रक्तदान गर्नुभएको युवा संघ धादिङका संयोजक काजी श्रेष्ठले जानकारी दिनुभयो।

कोभिड–१९ का कारण उत्पन्न रगत अभाव पूर्तिका लागि नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ धादिङले शनिबार देखी सप्ताह–व्यापी रक्तदान अभियान सुरु गरेको हो।शनिबार राष्ट्रिय युवा संघ नेत्रावती डवजोङ गाउँपालिकाको आयोजनामा सेमजोङ चौतारामा भएको रक्तदान अभियान शुभारम्भ कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए।

देशभर रगत अभाव हुन थालेको भन्दै सबै जिल्लामा रक्तदान गर्ने केन्द्रको तयारी अनुरुप धादिङमा सप्ताह व्यापी रक्तदानको कार्यक्रम सुरु गरिएको संयोजक श्रेष्ठको भनाई छ।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसले जनाएको छ।नागरिकमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि जिल्लामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ।तस्विर:काजि श्रेष्ठ

May be an image of 4 people, people sitting and outdoors
May be an image of 11 people, people sitting, people standing and outdoors
May be an image of 4 people, people sitting, people standing, tree and outdoors
May be an image of 5 people, people sitting, road and tree
May be an image of 2 people, people sitting, outdoors and text that says "चित्रेकालकामा मन्दिर न्यायप्रेमी युवाहर, युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा" राष्ट्रिय युवा संघ नेपाल पलिका अधिवेशन आयो जक ज्यालामुखी उपालिक 3"

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्