राष्ट्रिय युवा संघ ज्वालामुखीको अध्यक्षमा प्रकाश भारती

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा प्रकाश भारती निर्वाचित हुनुभएको छ।

ज्वालामुखी गाउँपालिका कमिटिको आयोजनामा सोमबार भएको युवा संघ नेपाल प्रथम पालिका अधिवेशनबाट भारतीको अध्यक्षतामा ४३ सदस्यीय कमिटि गठन गरिएको छ।

कार्यसमितिको उपाध्यक्षमा दिपक थापा, सचिवमा दिनेश अधिकारी, सहसचिवमा डम्बर तामाङ, मिलन शाही र कोषाध्यक्ष भिम प्रसाद खकुराल चयन हुनुभएको छ।

नेकपा एमालेका केन्द्रिय सदस्य, संघिय सांसद एव एमाले धादिङका इन्चार्ज खेम लोहनीको प्रमुख आतिथ्य तथा एमाले धादिङका उपसचिव हरेराम लोहनी,युवा संघ धादिङका संयोजक काजी श्रेष्ठको आतिथ्यता रहेको थियो।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्