५ हजार ५८३ जनामा कोरोना संक्रमण हुदाँ ८ हजार २६७ डिस्चार्ज

धादिङ,१८ माघ ।
केही दिन यता नेपालमा थपिने कोरोना संक्रमित भन्दा निको हुने बढि रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १७ हजार ६७४ नमुना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ८ हजार २६७ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट १० हजार ७७६ जनाको पीसीआर गर्दा ३ हजार ६५७ र ६ हजार ८९८ जनाको एन्टिजेन परिक्षणमा १९ सय २६ गरी ५ हजार ५८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको छ। सोमबार ५ हजार २९२ संक्रमित थपिएका थिए।

यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ८८ हजार २५१ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ७१ हजार १६५ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु भएको छ।

यो सँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्