धादिङमा आज संक्रमित हुने भन्दा निको हुने धेरै

धादिङ,१८ माघ ।
धादिङमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६२ संक्रमित संक्रमण मुक्त भएका छन।

जिल्लाभर गरिएको ५८ एण्टिजेन परिक्षणमध्ये गंगाजमुनामा र धुनिबेशीमा ७/७ जना, बेनिघाट रोराङ, ज्वालामुखी र त्रिपुरासुन्दरीमा ३/३ जना, नीलकण्ठ र गजुरीमा २/२ जना गरी २७ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

यस्तै धादिङ अस्पतालमा गरीएको १३ पिसिआर परिक्षणमा १० पोजिटिभ देखिएको कार्यालयले जनाएको छ।

योसँगै जिल्लाको सक्रिय संक्रमित ५ सय ९६ पुगेको छ।संक्रमित मध्ये ५ सय ८८ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ५२ दशमलब १ प्रतिशत पुगेको छ ।

सोमबार मात्रै ६२ संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ३२४ पुगेको छ।

संक्रमित मध्ये ८ हजार ६६७ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्