तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न एमाले धादिङका जनवर्गिय संगठनहरुको माग

समयमै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै धादिङमा एमाले सम्बद्ध जनवर्गिय संगठनहरुले सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।बिहिबार बिभिन्न सात जनबर्गिय संगठनका प्रतिनिधिहरुले संयुक्त रुपमा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

वर्तमान सरकारले आम नागरिकलाई सेवा सुबिधा प्रदान गर्ने स्थानीय सरकारहरुलाई जनप्रतिनिधि रहित बनाउने अभिप्रायको साथ स्थानिय तहको निर्वाचनलाई टार्ने प्रपञ्च गरिरहेको भन्दै ध्यानाकर्षणका लागी बिभिन्न ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाईएको अखिल नेपाल किसान महासंघ धादिङका ईञ्चार्ज अरुण कुमारले लामाले बताउनुभयो।

संविधान विपरित प्रतिगामी सत्ता गठबन्धनको विभिन्न बहानाबाजीमा निर्वाचनबाट हारिने डर र अप्राकृतिक गठबन्धनलाइ कृतिम रुपमा लम्ब्याउन सकिन्छ की भन्ने अभिलाषाले सरकारले निर्वाचनको मिति घोषणा नगरेर प्रतिगमनको बाटोमा अग्रसर भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको चरम मुल्यबृद्धि फिर्ता, रासायनिक मलको सहज आपुर्ती, जातिय छुवाछुतका घटनाहरुमा संलग्न दोषीलाई सजाय तथा पिडितलाई क्षतिपूर्ती दिन, बेमौषमी बर्षाका कारण क्षति पुगेका बालिको क्षतिपूर्ती दिन, भुमिहिन किसानलाई जमिन उपल्ब्ध गराउन, २४ लाख डोज कोरोनाबिरुद्धको खोपको खोजीकार्य अघि बढाई सार्वजनिकरण गर्न लगाएतको माग उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लम्सालले माग सम्बोधनको लागि ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय पठाउने प्रतिबद्धता जनाउनुभएको थियो।

यस्तो छ,ज्ञापन पत्र

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्