नीलकण्ठ नगरपालिकामा औधोगिक ग्राम बन्ने:मन्त्रालयका सह–सचिव पौडेल र मेयर ढुंगानाबिच सहमतिपत्रमा हस्ताक्षर

धादिङको नीलकण्ठ नगरपालिकामा औद्योगिक ग्राम निर्माण हुने भएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित रामकोटमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेल बिच आज सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नीलकण्ठ नगरपालिका र उद्योग मन्त्रालयसँग आज सम्झौतापत्रमा हस्ताक्षर भएसँगै रामकोटमा उद्योग ग्राम बन्ने निश्चित भएको हो ।
सम्झौता पत्रमा उद्योग मन्त्रालयका सह–सचिव पौडेल तथा नीलकण्ठ नगरपालिकाको तर्फबाट मेयर ढुङ्गाना, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, लेखा अधिकृत भुमिराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । नीलकण्ठ नगरपालिकाको वडा नं ८ स्थित रामकोट घिउरिनटारमा रहेका ५० रोपनी क्षेत्रफलमा उक्त औधोगिक ग्राम स्थापना हुने भएको हो ।

No description available.

१४ करोड लागतको (डिपिआर) रहेको औधोगिक ग्राम मिति २०७८/०९/३० मा मन्त्रिपरिषद बैठकबाट स्विकृत भएको थियो । सम्झौता अनुसार औद्योगिक ग्राम निर्माण गर्न उद्योग मन्त्रालयले हाल नगरपालिकालाई ९२ लाख उपलब्ध गराउने भएको छ ।

मन्त्रालयबाट प्राप्त भएको बजेटले जग्गा घेराबार र आवश्यक पुर्वाधार निर्माणको लागि खर्च गरिने मेयर ढुंगानाले जानकारी दिनुभयो।
औधोगिक ग्रामको स्थापनाबाट स्थानिय कच्चा पदार्थमा आधारित उधोगहरु स्थापना गरि युवा रोजगारी, उधमशिलताको विकासमा समग्र नीलकण्ठ नगरपालिका र धादिङ जिल्लाकै आर्थिक विकासमा महत्वपुर्ण योगदान दिने ढुंगानाले जानकारी दिनुभयो ।

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै नगरबासीलाई स्वरोजगार बनाउन औद्योगिक ग्राम बनाउन लागिएको उहाँको भनाई छ।‘नगरबासीलाई उत्पादनमूलक क्षेत्रमा जोड्दै उद्योग व्यावसाय क्षेत्रलाई व्यवस्थित गर्न औद्योगिक ग्राम निर्माण गर्न लागेका हौं,’ मेयर ढुंगानाले भन्नुभयो,‘उद्योग मन्त्रालयसँग सम्झौता भइसकेको छ, अब औद्योगिक ग्राम निर्माणको काम सुरु हुन्छ ।’

औद्योगिक ग्राम निर्माणका क्रममा पूर्वाधार विकास र संरचना निर्माणमा भएको प्रगतिको प्राविधिक प्रतिवेदनका आधारमा मन्त्रालयले थप बजेट उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्