जिल्लाभर ४३ परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि,१०७ संक्रमित निको

पछिल्लो तिन दिनयता धादिङमा कोरोना संक्रमण निको हुने दर बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा १०७ संक्रमित संक्रमण मुक्त भएका छन् भने थप २६ जनामा संक्रमण पुष्टि भएको छ।

आज जिल्लाभर गरिएको ४३ एण्टिजेन परिक्षणमध्ये ज्वालामुखीमा ९, गंगाजमुनामा ५, निलकण्ठमा ४, त्रिपुरासुन्दरीमा ४, गजुरीमा ३ र बेनिघाट रोराङमा १ गरी २६ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

योसँगै जिल्लाको सक्रिय संक्रमित ४ सय ८ पुगेको छ।संक्रमित मध्ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६० दशमलव ४ प्रतिशत पुगेको छ ।

बुधबार १२ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ३६२ पुगेको छ।संक्रमित मध्ये ८ हजार ८९३ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्