पछिल्लो २४ घण्टामा ३१७५ जनामा कोरोना संक्रमण,८७२३ संक्रमित निको

नेपालमा आज पनि थपिने कोरोना संक्रमित भन्दा निको हुनेको संङ्ख्या दोब्बर बढि रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६०५ नमुना परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ८ हजार ७२३ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट १० हजार २६ जनाको पीसीआर गर्दा २ हजार ७४२ र २ हजार ५७९ जनाको एन्टिजेन परिक्षणमा ४ सय ३३ गरी ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ पुगेको छ। बुधबार ३ हजार ६३७ संक्रमित थपिएका थिए।यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ९५ हजार ६३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ८७ हजार ४३० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको संक्रमणबाट मृत्यु भएको छ।यो सँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ७७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्