पछिल्लो २४ घण्टामा देशभर २५ सय २६ नयाँ सङ्क्रमित थपिदा १६ को मृत्यु

नेपालमा केही दिनयता कोभिड–१९ (कोरोना भाइरस) का नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि ज्यान गुमाउनेको सङ्ख्या भने बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ७३ नमुना परीक्षण गर्दा २ हजार ५२६ जना नयाँ सङ्क्रमित थपिएकामा १६ जनाले ज्यान गुमाएका हुन्।यस्तै थप ८ हजार ४२५ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट आज ६ हजार ६५५ जनाको पीसीआर गर्दा १ हजार ६०२ र ४ हजार ४१८ जनाको एन्टिजेन परिक्षणमा ९ सय २४ गरी २ हजार ५२६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ पुगेको छ। बिहिबार ३ हजार १७५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ।

सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ७९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।केही दिनयता थपिएका सङ्क्रमितको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्नुको कारण सङ्क्रमितमा जटिलता हुने क्रम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउनुहुन्छ।

अहिलेका कोेरोना सङ्क्रमित केही दिनमै निको हुने भएकाले सङ्क्रमण घटेका र जटिलता अलि लामो समय रहने भएकाले अहिले ज्यान गुमाउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

यस अगाडिका दुई वटा महामारीमा पनि ज्यान गुमाउनेको सङ्ख्या सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेर घट्न थालेपछि देखिएको उहाँले बताउनुभयो । अब बिस्तारै केही दिनमा ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै जाने अनुमान गरिएको डा. अधिकारीले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्