महिला भलिबल टोली सरकारबाट नगदसहित पुरस्कृत

काठमाडौं, २१ माघ 

गत पुसमा बंगलादेशमा आयोजित एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप (एभिसीं) अन्तर्गत महिलातर्फको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा विजेता महिला भलिबल टोलीका १२ सदस्यलाई जनही पाँच लाख नगदसहित पुरस्कृत गरेका हुन् ।

यस्तै टोलीका दुई प्रशिक्षकलाई जनही तीन लाख र एक अफिसियललाई दुई लाख नगदसहित पुरस्कृत भए । ढाकामा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टोलीले लगातार दोस्रोपटक उपाधि रक्षा गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्