कोरोनाले बिर्सने समस्या : स्मरणशक्ति राम्रो बनाउन अपनाउनुस् यी ५ टिप्स

काठमाडौं,२२ माघ ।
पछिल्लो दुई वर्षमा कोरोना भाइरस महामारीले हामी सबैको स्मरण शक्तिलाई कमजोर बनाएको छ । जसका कारण मानिसले महत्त्वपूर्ण कामहरु बिर्सने समस्या बढ्दै गएको विज्ञ बताउँछन् ।

बेलायतको केन्ट युनिभर्सिटीका मनोविज्ञानका वरिष्ठ प्राध्यापक अमिर हुमायुन जावादीले भन्नुभयो, ‘ मानिसले जीवन बिताउने परिस्थितिलाई अनुकूल बनाउने बानी रहेको छ । कोरोनाका कारण मानिसहरूले पछिल्ला दुई वर्षदेखि जीवनमा धेरै योजना बनाएका छैनन् । त्यसकारण मानिसहरुको स्मरण शक्ति र ध्यान केन्द्रित गर्ने क्षमतामा नकारात्मक असर पारेको छ ।’

क्यालिफोर्निया विश्वविद्यालयका न्यूरोबायोलोजीका प्रोफेसर माइकल यासाले भन्नुभयो, ‘मेमोरी भनेको तस्बिर खिचेर सम्झनु मात्र होइन। मेमोरी एक पल जिएपछि बन्छ । कोरोना महामारीले गर्दा मानिसहरुलाई मेमोरी बनाउन निकै गाह्रो भएको छ । त्यसैले उनीहरुलाई कुनै पनि कुरा याद नगर्ने बानी परेको छ ।’

भाइरस वा महामारी चिन्ताको कारणले स्मरणशक्ति बढाउनको लागि होस् या हाम्रो जीवनशैली परिवर्तनले हामीलाई हाम्रो दिमाग निको पार्न मद्दत गर्न सक्छ।

स्मरणशक्ति राम्रो बनाउन विज्ञले यी ६ टिप्स अपनाउन भन्नुभएको छ :
१. समयमै सुत्नुहोस्
२. दैनिक कम्तिमा २० मिनेट व्यायाम गर्नुहोस्
३. पौष्टिक आहार खानुहोस्
४. मानिसहरूसँग अन्तरक्रिया–कुराकानी गर्नुहोस्
५. हरेक दिन केहि नयाँ सिक्ने प्रयास गर्नुहोस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्