भूमि आयोग धादिङका अध्यक्ष अर्यालद्धारा पदभार ग्रहण

भूमिसम्बन्धी समस्या समाधान आयोग धादिङका नवनियुक्त अध्यक्ष कृष्ण प्रसाद अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।

बुधबार जिल्ला समन्वय समितिको भवनमा कार्यालय स्थापना गरि एक कार्यक्रमबीच जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्तिथिमा आयोगका अध्यक्ष अर्यालले पदभार गर्नुभएको हो ।

साथै बुधबारै नै जनप्रतिनिधि तथा पत्रकारसँग अन्तक्रिया कार्यक्रम पनि गरीएको थियो।कार्यक्रममा आयोगका नवनियुक्त अर्यालले भुमी समस्या सबैको सरोकारको विषय भएकोले सबै राजनीतिक दलसंग समन्वय गरेर सहज ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले राष्ट्रिय भुमी आयोगले पुर्णता पाएसंगै अबका केही बर्षभित्र भुमी समस्या समाधान हुने बताउनुभयो ।त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाले आयोग सक्रिय भएपछि अब कोहि भुमीहीन तथा सुकुम्बासी बन्न नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण लम्सालले भुमीहीन दलित, भुमीहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापन गर्न राष्ट्रिय भुमी आयोगले काम गर्ने बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्