नेत्रावती डबजोङ–३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धादिङ,२६ माघ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बुधबार नेत्रावती डबजोङ–३ को आयोजना तथा धादिङ सन्चार प्रा.लीको समन्वयमा सुशासन, पारदर्शिता, जवाफदेहीता र वडाको सेवा प्रवाह तथा विकास निर्माण लगाएतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सेवाग्राही प्रति सेवा प्रदायक तथा निर्वाचित जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउन तथा वडाले वडाबासिहरुलाई पु¥याएको सेवा सुविधा तथा सम्पादन गरिएका कार्यहरुको विषयमा जनताको गुनासो व्यवस्थापन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयहरुको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट लगाएत सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गरिएको थियो ।

नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष बिजय तामाङ पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेलको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा वडासदस्यहरु, वडा तथा गाउँपालिकाका कर्मचारी, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मी लगाएतको आतिथ्य रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पौडेलले जनगुनासा सुन्न,जनताको समस्यामा छलफल गर्न, आगामी दिनहरुमा वडाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव प्राप्त गर्नको लागि सार्वजनिक सुनुवाई कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो।

यस्तै कार्यक्रममा वडाध्यक्ष तामाङले वडाको विकासको लागि आफुहरु सधैव लागि परेको भन्दै आगामी दिनमा हरेक नागरिकले आफ्नो ठाउँबाट विकास निर्माणका कामलाई नियाल्नु पर्ने बताउनुभएको छ। साथै कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ति समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ।

उपस्थित वडाबासीहरुले बाटो, कृषि, शिक्षा, अस्पताल लगाएतका विभिन्न विषयमा प्रश्नहरु राखेका थिए ।वडा बासीहरुको प्रश्नलाई प्रमुख प्रशासकिय अधिकृत पौडेल र वडा नं ३ का वडा अध्यक्ष तामाङले सम्बोधन गर्नुभएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्